मङ्लबार, भदौ १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भोटेकोसी बाढी: सडक अवरोधका कारण राहत वितरणमा कठिनाइ (तस्बिरसहित)


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ १६, २०८३
  • 44
    SHARES

काठमाडौँ – भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूका लागि राहत र उद्धार सामग्री बोकेर हिँडेका सवारी साधनहरू सडकको दयनीय अवस्थाका कारण बीच बाटोमै रोकिएका छन् । निरन्तरको वर्षाले सडक हिलाम्मे र चिप्लो हुँदा राहत सामग्री पीडितसम्म पु¥याउन गम्भीर चुनौती खडा भएको हो ।

 

 

 

हाल रसुवाको नौकुण्ड गाउँपालिका वडा नं. ३ स्थित घिचेत क्षेत्रमा राहत सामग्री बोकेका सवारी साधनहरूको लामो जाम देखिएको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।

मुख्य सडक मार्ग बाढीले बगाउँदा वैकल्पिक सडकबाट सवारीसाधन गुडिरहेका छन् । वैकल्पिक सडक यात्राका लागि असहज बनिरहेको छ ।

बाढी र पहिरोले कतिपय स्थानमा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद गरिदिएकाले प्रभावित क्षेत्रहरूमा सम्पर्क कायम गर्न र समयमै राहत सामग्री उपलब्ध गराउन समस्या उत्पन्न भएको छ । सडक अवरोध र प्रतिकूल मौसमका कारण उद्धार कार्य समेत प्रभावित बनेको छ । –न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान–न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)