काठमाडौँ – नेपाली काँग्रेसको केन्द्रिय अनुशासन समितिको बैठक बसेको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक बसेको हो ।
नेपाली काँग्रेसभित्र महाधिवेशनको प्रक्रिया र मितिलाई लिएर आन्तरिक शक्ति सङ्घर्ष चुलिएको छ ।
निःवर्तमान पार्टी सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेपछि संस्थापनबाट अनुशासन समितिको बैठक बसेको हो । बैठक शुक्रवार पनि जारी रहने बताइएको छ । –न्युज एजेन्सी नेपाल
