शुक्रबार, भदौ १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राप्रपाको आरोपः सुरुङमा फसेका नागरिकको उद्धारमा सरकार गम्भीर भएन


  • माउन्टेन खबर
  • बिहिबार, भदौ १८, २०८३
  • 51
    SHARES

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारमा सरकारले गम्भीरता नदेखाएको आरोप लगाउनुभएको छ ।

 

 

 

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारले बाढीले पुरिएका टनेलमा पसि त्यहाँ फसेका नागरिकको तत्काल उद्धार गर्न समेत सरकारसँग माग गर्नुभयो । उहाँले प्रधानमन्त्रीले कुलमान घिसिङजस्ता जलविद्युत विज्ञहरुसँग समयमै संवाद नगरेकोप्रति आपत्ति जनाउनु भयो । उहाँले अहिले पनि बाढी प्रभावित पाँच वटा टनेलमा उद्धारकर्मी नपुगेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले सुरुङमा पसेको लेदो खन्ने मेसिन संसारमै छैन भनि बुधवारको सभाको बैठकमा दिएको अभिव्यक्तिप्रति समेत आपत्ति जनाउनु भयो । उहाँले उद्धार गर्न बजेट परिचालनको अधिकार सरकारबाहेक कुनै व्यक्ति विशेषसँग नरहेको उल्लेख समेत गर्नुभयो । उहाँले कुनै नागरिकले आफ्ना नागरिको उद्धारको माग गर्दा सत्तारुढ दल रास्वपाका नेता कार्यकर्ताहरुले व्यक्तिगत गालीगलौजमा उत्रिएकोप्रति पनि आपत्ति जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय सभामुख महोदय, पाँचवटा टनेलमा केही काम नै भएको छैन । हामीले माग्ने सरकारसँगै हो । हिजो नख्खुमा बग्दै गएका नागरिकलाई उद्धार गर्दिनुस् भन्दा तत्काालीन प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले आक्रमण गरे । रातो लुगा लगाएका एमालेका कार्यकर्ताहरू त्यसबेला हामीलाई कुट्न आउँथे । अहिले एकजना महिलाले टनेलमा फसेका श्रीमान्को खोजी गरिदिनुस् भन्दा रास्वपाका नीलो साइबर स्यालहरू उनीमाथि दुव्र्यवहारसहित गालीगलौज र आक्रमण गरिरहेका छन् ।’

उहाँले बाढी प्रभावित नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)