बिहिबार, भदौ १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश


  • माउन्टेन खबर
  • बिहिबार, भदौ १८, २०८३
  • 40
    SHARES

काठमाडौँ – सरकारले ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश गरेको छ ।

 

 

 

बिहीवारको सभाको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री  विराजभक्त श्रेष्ठले उक्त सम्झौता जानकारीको लागि पेश गर्नुभएको हो । नेपाल सरकार र भारत सरकारबीच  ४ जनवरी २०२४ मा नेपाल सन्धि ऐन, २०४७ अनुसार भएको थियो । सम्झौतामा अगामी १० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने उल्लेख छ । मन्त्री श्रेष्ठले यस सम्झौताले सीमापार तथा अन्रदेशीय विद्युत व्यापारमा महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

नेपालमा जलविद्युतमा लगानी बढाउने र उत्पादित बिजुलीको व्यापार सुनिश्चित गर्न यो सम्झौता महत्वपूर्ण हुने विश्वास गरिएको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)