मङ्लबार, भदौ २३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि एक करोड एक लाख रुपैयाँ सहयोग


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ २३, २०८३
  • 41
    SHARES

काठमाडौँ –  इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड एक लाख सहयोग प्रदान गरेको छ ।

वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

उनले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पु¥याउने उद्देश्यले वर्ल्डलिंकले उक्त रकम प्रदान गरेको बताए ।

 

 

 

 

हालैको बाढीबाट वर्ल्डलिंकको नेटवर्क तथा पूर्वाधारमा ठुलो क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार कम्पनीले प्रत्यक्ष रूपमा करिब रु तीन करोड ५० लाख बराबरको क्षति भएको जनाएको छ ।

आफ्नै संरचनामा ठुलो क्षति भए पनि कम्पनीले ग्राहक तथा नागरिकलाई इन्टरनेट सेवाबाट लामो समयसम्म वञ्चित हुन नदिन बाढी आएको तीन दिनभित्रै प्रभावित नेटवर्कको पुनः स्थापना गरी सेवा सञ्चालनमा ल्याएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)