आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा


  • माउन्टेन खबर
  • शनिबार, भदौ २७, २०८३
  • 43
    SHARES

काठमाडौं-   काठमाडौंको असनमा नेवारी परम्पराअनुसार ९६ जना कुमारको पूजा गरिएको छ ।

 

 

 

अन्नपूर्ण तः कें पुचः को आयोजनामा शनिवार कुमार पूजा गरिएको हो । पाँच वर्षसम्मका बालकहरुलाई कुमार पूजा गर्ने गरिएको छ । संस्थाले हरेक वर्षको भदौ महिनामा कुमार पूजा गर्दै आएको संस्थाकी अध्यक्ष रामलक्ष्मी महर्जनले जानकारी दिनुभयो । देशमा सुख, शान्ति कायम होस् तथा सबै गणेशले मिलेर रक्षा गरून् भन्ने उद्देश्यले पूजा गरिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हरेक वर्ष भदौ महिनामा हाम्रो संस्थाबाट कुमार पूजा गर्ने गरेका छौँ, देशमा सुख शान्ति होस्, सबै गणेशहरु मिलेर रक्षा गरोस् भनेर कुमार पूजा गरिएको हो । यहाँ ९६ जना कुमारको पूजा गरिएको छ ।’

कुमारहरुको नेवारी परम्पराअनुसार बाजगाजासहित पूजा गरिएको हो । कुमारहरुलाई टिका, फूलपाती, टोपी लगाउनुको साथै प्रसाद, चकलेट, बिस्कुट, लगायतका मिष्ठान्न परिकारहरु वितरण गरिएको छ । कुमार पूजापछि आगन्तुकहरुलाई नेवारी भोजन समेत गराईएको छ ।–न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)