आइतवार, अशोज ४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

श्री सत्य साई सेवा सङ्गठन नेपालद्वारा नुवाकोटमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन


  • माउन्टेन खबर
  • आइतवार, अशोज ४, २०८३
  • 42
    SHARES
नुवाकोट –  श्री सत्य साई सेवा सङ्गठन नेपालले  शनिवार श्री चन्द्र ज्योति माध्यमिक विद्यालय, विदुर-५, नुवाकोटमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्‍यो ।
 भाद्र १० गते भोटेकोसी-त्रिशुलीमा आएको विनाशकारी बाढीबाट पीडितहरूलाई लक्षित गरी आयोजना गरिएको यस शिविरमा सामान्य चिकित्सा, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान, घाँटी, नेत्र रोग, मानसिक रोग, छाला रोग र दन्त रोगका विशेषज्ञ चिकित्सकहरूबाट सेवा प्रदान गरिएको थियो ।
शिविरमा आवश्यक परेकालाई रेडियोलोजी सेवा पनि प्रदान गरिएको थियो भने नि:शुल्क औषधि र चस्मा वितरण गरिएको थियो ।
६०० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको शिविरमा करिब ५० जना साई स्वयंसेवकहरूले सेवा गरेका थिए ।
शिविरमा नारायण सेवा पनि गरिएको थियो ।
शिविरकै समयमा युवाहरूले बाढी प्रभावित क्षेत्र देवी घाटको खण्डहर स्थलमा शान्तिका लागि १ घण्टा वेद वाचन पनि गरे ।
शिविरकै बिचमा श्री सत्य साई केन्द्र त्रिशूलीका लागि भगवान्‌को फोटो, सिंहासन लगायत पूजा र भजन सामग्री पनि प्रदान गरियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)