मङ्लबार, अशोज ६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

२०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज ६, २०८३
  • 33
    SHARES

काठमाडौँ। जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपाल विजयी भएको छ । नेपालले थाइल्यान्डलाई पराजित गरेको हो ।

समूह ‘बी’ मा रहेको नेपालले जापानको टोकाइ सिटिजेनमा आज भएको पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ अङ्कले पराजित गरेको हो । खेलको पहिलो हाफमा नेपालले कमजोर खेल प्रदर्शन गरेको थियो । नेपाल पहिलो हाफमा १५–२४ अङ्कले पछि परेको थियो ।

 

नेपालले दोस्रो हाफमा पुनरागमन गरेको थियो । दोस्रो हाफमा नेपालले ३१ अङ्क जोड्न सफल भयो । थाइल्यान्डले भने १९ अङ्क मात्र जोड्न सक्यो । समूह ‘बी’ मा नेपाल र थाइल्यान्डका साथै श्रीलङ्का र  चाइनिज ताइपेइ रहेका छन् । नेपालले बुधबार समूह चरणको दोस्रो खेलमा चाइनिज ताइपेइसँग खेल्ने महिला टोलीका प्रशिक्षक पार्वती राईले जानकारी दिइन् । उनले आजको खेलबाट नेपाली टोली उत्साहित भएको बताइन् ।

चार टोली सहभागी समूह ‘बी’बाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । यस्तै समूह ‘ए’ मा भारत, बङ्गलादेश, जापान र इरान रहेका छन् ।

यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले महिला कबड्डीमा कास्य पदक प्राप्त गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)