बुधबार, अशोज ७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने


  • माउन्टेन खबर
  • बुधबार, अशोज ७, २०८३
  • 39
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका पालिकामा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनका लागि निर्धारित निर्वाचन कार्यतालिकाअनुसार असोज ७ गतेसम्म ५८ जिल्लाका ५१२ पालिकामा उद्घाटन तथा बन्द सत्रसहित अधिवेशन र निर्वाचन सम्पन्न भएको कांग्रेसले जनाएको छ।

कांग्रेसका अनुसार बाँकी २४१ पालिकामा भने असोज ८ र ९ गते पनि अधिवेशन प्रक्रिया जारी रहनेछ। ती पालिकामा निर्धारित कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न गराउन निर्वाचन अधिकृतहरूलाई आवश्यक समन्वय र व्यवस्थापन गर्न भनिएको छ।

यसैबीच, असोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुने पूर्वानुमानलाई ध्यानमा राख्दै कांग्रेसले अधिवेशनका क्रममा मौसमप्रति विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ।

जल तथा मौसम विभागबाट प्राप्त मौसम पूर्वानुमानअनुसार उक्त अवधिमा भारी वर्षाको सम्भावना रहेकाले सम्बन्धित निर्वाचन अधिकृतहरूलाई आफू मातहतका पालिका, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन सञ्चालन गर्दा मौसमको अवस्थालाई ध्यानमा राख्न भनिएको हो।

कांग्रेसले अनुकूल समय मिलाएर अधिवेशन सञ्चालन तथा निर्वाचन प्रक्रिया अघि बढाउन सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको सदस्य–सचिव राजु कटुवालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)