शुक्रबार, अशोज २, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गणेशमान सिंहको २९ औँ स्मृति दिवसमा शोभा भगवतीमा माल्यार्पण


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २, २०८३
  • 42
    SHARES

काठमाडौँ-   लौह पुरुष गणेशमान सिंहको २९ औँ स्मृति दिवसको अवसरमा शुक्रवार काठमाडौँको शोभा भगवतीस्थित उहाँको सालिकमा माल्यार्पण गरिएको छ ।

 

 

गणेशमान सिंह फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा गणेशमान सिंहका पुत्र एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको उपस्थितिमा सालिकमा पुष्प गुच्छा अर्पण तथा माल्यार्पण गरिएको हो ।

कार्यक्रममा गणेशमान सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको स्मरण गरिएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता सिंहलाई सम्मान गर्दै प्रत्येक वर्ष उहाँको स्मृति दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै आएको छ ।

गणेशमान सिंहको २९ औँ स्मृति दिवसका अवसरमा शुक्रवार देशभर विभिन्न कार्यक्रम आयोजना गरी उहाँको योगदानको स्मरण तथा सम्मान गरिँदै छ । लोकतन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सिंहलाई नेपाली राजनीतिमा त्याग, निष्ठा र सङ्घर्षका प्रतिकका रूपमा स्मरण गरिँदै आएको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)