मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज १३, २०८३
  • 46
    SHARES

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ।

राष्ट्रपति कार्यालय महाराजगञ्जमा मंगलबार भएको भेटमा नेपाल र भारतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

 

भेटका क्रममा राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा भारतीय राजदूत श्रीवास्तवलाई बधाई तथा शुभकामना दिनुभएको थियो।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा भेटका अन्य विषयबारे विस्तृत जानकारी भने उल्लेख गरिएको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)