शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर २५, २०७७
  • 409
    SHARES

लन्डन । बुधबार युरोपेली च्याम्पियन्स लिगमा करिम बेन्जेमाले हेडबाट गरेको दुई गोलमा रियल म्याड्रिडले बोरुसिया मुन्छेनग्लाडबाखलाई २–० ले हराएको छ । यो जितपछि रियल अन्तिम १६ मा पुग्न सफल रह्यो । मुन्छेनग्लाडबाख पनि समूह ‘बी’ बाट नकआउट चरण पुग्ने अर्को टिम बन्यो ।

बेन्जेमाले नवौं मिनेटमा पहिलो र ३२औं मिनेटमा दोस्रो गोल गरेका थिए । समूहको अर्को खेलमा इन्टर मिलान र साख्तर डोनेस्कले गोलरहित बराबरी खेलेपछि मुन्छेनग्लायडबाख अगाडि बढ्न सकेको हो । यो नतिजाले इन्टर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

जिनेदिन जिदानको रियल १० अंकसहित शीर्ष स्थानमा छ भने मुन्छेनग्लाडबाख आठ अंकसहित दोस्रोमा ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)