बिहिबार, बैशाख २०, २०८१

विद्यार्थीलाई कीर्तिपुर नगरपालिकाले बाड्यो राहत


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ५, २०७७
  • 328
    SHARES

काठमाडौं । कीर्तिपुर नगरपालिकाले कीर्तिपुर विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई राहत सामग्री उपलब्ध गराएको छ ।

नगरपालिकाले शुक्रबार कीर्तिपुर विश्वविद्यालयमा करिब ५ सय विद्यार्थीलाई अत्यावस्यक खाद्य सामग्री उपलब्ध गराएको हो । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको रोकथामका लागि देभशर लकडाउन गरिएपछि विद्यार्थीहरुलाई खाद्य सामग्री अभाव नहोस भन्ने उद्देश्यले राहत वितरण गरिएको नगरपालिकाका वडा नं. ९का अध्यक्ष एवं कीर्तिपुर नगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक गंगाराम महर्जनले बताउनुभयो । संयोजक महर्जनले कुनैपनि विद्यार्थीलाई भोकै बस्न नपरोस भन्ने उद्देश्यले राहत उपलब्ध गराएको बताउनुभयो । उहाँले कीर्तिपुरमा बसोबास गर्ने स्थानीय बासिन्दा र विद्यार्थीहरु सबैको आकडा आउने क्रममा नै रहेको र जसलाई समस्या परेको छ सबैलई राहत उपलब्ध गराउने उहाँले बताउनुभयो ।

विद्यार्थीहरुलाई राहत वितरण गर्ने कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्राचार्य कृष्ण प्र आचार्यले सबै विद्यार्थीलाई राहत पुगोस भन्ने उद्देश्यले नगरपालिकाको सहयोगमा राहत वितरण गरिएको बताउनुभयो । उहाँले विश्व विद्यालयमा अध्यनरत करिब ५ सय जनाले राहत पाएको बताउनुभयो ।

नगरपालिकाले विद्यार्थीहरुलाई १० किलो चामल, दाल, तेल, नुन, आलु लगायतका खाद्य सामग्रीहरु उपलब्ध गराएको छ । कीर्तिपुर नगरपालिकामा बसोबास गर्ने जुनसुकै विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई समस्या भए खाद्यान्न उपलब्ध गराउने नीति लिएकाले समस्या भए सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }