राष्ट्रपतिको कार्यालयले खर्च कटौती गरेर साढे ९ करोड रुपैयाँ सरकारकै कोषमा फिर्ता पठाएको छ। आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय सञ्चित कोषमा जम्मा गरेको हो ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले चालु आर्थिक वर्ष २०७६/०७७ का लागि छुट्याइएको बजेटमध्ये त्यस परिमाणको रकम फिर्ता जानकारी दिएका हुन्।
उनले शुक्रबार एक विज्ञप्ति निकालेर कोरोना भाइरस का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तर्गत विनियोजित बजेटबाट यो रकम सञ्चित कोषमा जम्मा गरिएको जानकारी दिएका छन्।
