शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एकै क्लबका लागि गरेको सर्वाधिक गोलको कीर्तिमानमा अब मेसी पनि


  • माउन्टेन खबर
  • आइतवार, पुस ५, २०७७
  • 550
    SHARES

म्याड्रिड, ५ पुस । लियोनल मेसीले बार्सिलोनाका लागि ६ सय ४३ औं गोल गरेका छन् । शनिबार एकै क्लबका लागि गरेको सर्वाधिक गोलको कीर्तिमानमा पेलेको बराबरी गरेका छन् । तर टिमले स्पेनी ला लिगामा भ्यालेन्सियासँग घरमा २–२ को बराबरी मात्रै खेलेको छ ।

पहिलो हाफको इन्जुरी टाइममा हेडबाट ३३ वर्षीय मेसीले गोल गरे । सन् २००५ मा उनले अल्बासेटविरुद्ध पहिलो गोल गरेका थिए । सन् १९५६ देखि १९७४ बीच पेलेले ब्राजिलको सान्तोसका लागि १९ सिजनमा ६ सय ४३ गोल गरेका थिए ।

बराबरीका नतिजापछि बार्सिलोना १३ खेलबाट २१ अंकमा सीमित रह्यो । यो शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँग आठ अंकको दूरी हो । शनिबारको अर्को प्रमुख खेलमा रियल सोसिडाड लेभान्टेको हातबाट २–१ ले पराजित रह्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)