एजेन्सी। अमेरिकाका अर्थ र रक्षा मन्त्रालय सहित ५० वटाभन्दा बढी सरकारी निकायहरु ह्याकिङ भएको खुलासा/ह्याकिङमा चीनिया संलग्नता रहेको राष्ट्रपति ट्रम्पको आरोप
अमेरिकी सरकारी एजेन्सीहरूको ठूलो संख्यामा ह्याकिङ भएको पत्ता लागेको छ । ह्याकिङका कारण ५० वटाभन्दा बढी सरकारी संगठनहरुलाई असर गर्ने साइबर सुरक्षा फर्मले जनाएको हो ।
फायर आइ नामक संगठनका प्रमुख कार्यकारी अधिकृत केभिन म्यान्डियाका अनुसार नेटवर्कमा १८ हजार संस्थाहरुको मेलिसियस कोड रहेकोमा ५० मा मुख्य असर पर्नेछ ।
ह्याकरहरुले अमेरिकी अर्थ, रक्षा तथा गृह मन्त्रालयलाई पनि लक्षित गरेको बताएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले रुसले ह्याकिङ गरेको आरोप लगाउनु भएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ट्वीट गर्दै ह्याकिङमा रुसी नभई चीनिया संलग्नता रहेको आरोप लगाउनु भएको छ ।।
