शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

७ खेलाडीलाई मंगलाबार राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान


  • माउन्टेन खबर
  • मङ्लबार, पुस ७, २०७७
  • 534
    SHARES

काठमाडौं,७ पुस।  गत वर्ष नेपालमा सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा देशलाई दोहोरो स्वर्ण पदक दिलाएका तीन खेलाडी सहित ७ खेलाडीलाई मंगलाबार राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार आवेदन आएकामध्येबाट यो वर्ष ७ खेलाडीलाई जनही नगद ५० हजार रुपैयाँ सहित सम्मानित गरेको हो ।

राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेमा तेक्वान्दोकी आयशा शाक्य, करातेका मण्डेकाजी श्रेष्ठ, भारोत्तोलनका विकास थापा, गल्फका सुवास तामाङसहित साइक्लिङकी लक्ष्मी मगर, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र शारीरिक सुगठनका समिर श्रेष्ठ रहेका छन् । लक्ष्मी, विकास र सन्तोषीले पनि १३औं सागमा स्वर्ण पदक जितेका थिए ।

त्यस्तै २ खेल प्रशिक्षक, २ खेल प्रायोजक तथा खेल संघ, निर्णायक र चिकित्सकबाट समान १ जनालाई पनि मन्त्रालयले सम्मानित गरेको छ । सम्मानित हुने प्रशिक्षकमा तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ र करातेका कुशल श्रेष्ठ परेका छन् । यस्तै जुडोका धर्मकुमार श्रेष्ठ पनि सम्मानको सूचीमा अटाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)