शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पेलेलाई उछिन्दै मेसी बने एउटै क्लबका लागि सर्वाधिक गोलकर्ता


  • माउन्टेन खबर
  • बुधबार, पुस ८, २०७७
  • 457
    SHARES

म्याड्रिड । लियोनल मेसी एउटै क्लबका लागि ६ सय ४४ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।  बार्सिलोनाले मंगलबार स्पेनी ला लिगामा रियल भालाडोलिडलाई ३–० ले हरायो ।  यो कीर्तिमानसँगै मेसीले पेलेलाई उछिनेका छन् । यसअघि एउटै क्लबका लागि गरेको सर्वाधिक गोलको कीर्तिमान ब्राजिली खेलाडीको नाममा थियो । उनले यो कीर्तिमान सान्तोसका लागि हात पारेका थिए ।

अर्जेन्टिनी ३३ वर्षीय मेसीले शनिबार मात्रै भ्यालेन्सियाविरुद्ध गोल गर्दै पेलेको बराबरी गरेका थिए । भालाडोलिडविरुद्ध भने उनले ६५औं मिनेटमा टिमको तेस्रो गोल गरे । सान्तोसका लागि पेलेले ६ सय ६५ खेलमा ६ सय ४३ गोल गरेका थिए ।

मेसीले यही कीर्तिमान तोड्न ७ सय ४९ खेल खेले । तर मेसीले बार्सिलोनाका लागि १७ सिजन मात्र खेलेका छन् भने पेलेले १९ सिजन खेले । अहिले ८० वर्ष पुगेका पेलेले सन् १९५६ मा १५ वर्षको उमेरमा सान्तोसमा डेब्यु गरेका थिए । मेसीले भने सन् २००४ मा १७ वर्षको उमेरमा बार्सिलोनाका लागि पहिलो पल्ट खेलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)