बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश २ मा नेकपाको संसदीय दलमा शत्रुधन महतो, मण्डललाई हटाइयो


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २१, २०७७
  • 712
    SHARES

काठमाडौं,२१ पुस । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरेको छ।

मंगलबार प्रचण्ड–नेपाल समूहको बैठकले नेता सत्यनारायण मण्डल कारबाही गरी महतोलाई चयन गरेको हो ।

नेकपाको कुल ३२ सांसदमध्ये १८ जना सांसदले हस्ताक्षर गरी मण्डलबिरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

यस्तै, प्रदेश २ संसदीय दलको उपनेतामा रामकुमार यादव, प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सचेतकमा बेची लुङ्गेली छन्।

बैठकलगत्तै नेकपाका प्रदेश सभा सदस्यहरूले सभामुख सरोजकुमार यादवलाई नेकपा संसदीय दलको बैठकले गरेको निर्णयबारे जानकारी गराए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)