सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना खोपको साइडइफेक्ट: नर्वेमा २९ जनाको मृत्यु


  • माउन्टेन खबर
  • आइतवार, माघ ४, २०७७
  • 841
    SHARES

४ माघ, काठमाडौं। नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएका २९ जनाको मृत्यु भएको छ ।

समाचार संस्था ब्लूमवर्गका अनुसार फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप लगाएका २९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सबै ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरु छन् । उनीहरु सबैलाई कोरोना खोपको पहिलो डोज दिइएको थियो । मृत्यु हुने सबैमा गम्भीर स्वास्थ्य समस्या पहिला नै थियो । उनीहरुमध्ये धेरैलाई हार्ट फेलियर, डिमेन्सिया लगायत दीर्घरोग थियो ।

अहिलेसम्म नर्वेमा ४२ हजार मानिसले कोरोना खोपको पहिलो डोज लिइसकेका छन् । नर्वेले कोरोनाबाट सबैभन्दा बढी जोखिममा रहेका मानिसहरुलाई पहिलो चरणमा कोरोना खोप दिइरहेको छ ।

हुनेमध्ये २३ जनाको मृत्यु खोपको साइड इफेक्टको कारण हुन सक्ने नर्वेको स्वास्थ्य प्रमुखले बताएको छ ।

नर्वेजियन मेडिसिन एजेन्सीले फाइजरको खोपबारे चिन्तित नरहेको बताएको छ । यद्यपि अहिले देखिएको नतिजालाई भने नकार्न नसकिने एजेन्सीले बताएको छ। त्यस्तै नर्वेमा कोरोना खोप लगाएका मानिसहरुलाई पखाला, बान्ता र श्वासप्रश्वासमा समस्या, खोकीलगायतका साइडइफेक्ट पनि देखिएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)