सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

थप २६६ जनामा कोरोना संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • आइतवार, माघ ४, २०७७
  • 338
    SHARES

४ माघ ,काठमाडौं । पछिल्लो चौबीस घण्टामा मुलुकभर पीसीआर गरिएका ३५ सय आठमध्ये २६६ जनाको नतिजा पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप पाँचजनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय ५९ पुगेको छ ।

नेपालमा आइतबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६७ हजार तीन सय २२ जना पुगेको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा चार सयजना निको भएका छन् ।

योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६१ हजार ४४४ पुगेको छ । हालसम्म क्‍वारेन्टिनमा २३१ जना छन् भने ३९ सय १९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)