सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा पनि भित्रियो नयाँ प्रकारको कोरोना भाइरस


  • माउन्टेन खबर
  • सोमवार, माघ ५, २०७७
  • 572
    SHARES

५ माघ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार भित्रिएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा नयाँ प्रजातिको कोरोना देखिएको पुष्टि गर्नुभएको हो ।

पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो कि होइन भनेर विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङस्थित प्रयोगशालामा पठाइएको थियो।

प्रवक्ता गौतमका अनुसार उनिहरुको सोमबार ती नमूनाको रिपोर्ट आएको हो। बेलायतबाट आएका २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा देखिएको भाइरस यसअघि बेलायतमा देखिएको नयाँ भेरियन्टसँग मिलेको मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरूष संक्रमणमुक्त भइसकेका छन् भने ६७ वर्षीय पुरूषमा पनि कुनै लक्षण देखिएको छैन।

बेलायतसहित युरोपियन मुलुक, अमेरिका र अफ्रिकामा फैलिएको नयाँ प्रजातिको भाइरस पहिलाको भन्दा बढी संक्रामक रहेको वैज्ञानिकहरूले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)