बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १ को हिउँदे अधिवेशन आज देखि सुरु


  • माउन्टेन खबर
  • बुधबार, माघ ७, २०७७
  • 1.0K
    SHARES

७ माघ, मोरङ। प्रदेश १ को नियमित हिउँदे अधिवेशन बुधबार दिउँसो २ बजे बस्दै छ।

यससँगै सत्तारुढ दल नेकपाभित्रको आन्तरिक द्वन्द्वले अधिवेशन पूर्व राजनीतिक घटनाक्रम थप गम्भीर हुने देखिएको छ।

बुधबार दिउँसो २ बजे सदन बैठक बस्नुपूर्व प्रदेश सचिवालयमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने कार्यक्रम रहेको छ।

जसमा सदन बैठकबारे सभामुख प्रदीपकुमार भण्डारीले दलका नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल, माधवकुमार नेपाल पक्षबीचको निषेधको राजनीति जारी रहँदा प्रदेशसभाको बैठक कसरी अघि बढ्छ भन्ने चासोको विषय बन्दै गएको छ।

यसअघि, मुख्यमन्त्री राईविरुद्ध गत पौष १२ गते ३७ जना संसादको हस्ताक्षरसहितअविश्वासको प्रस्ताव दर्ता भएपनि हाल ५ जना प्रदेश सभासदस्यले आफ्नो अविश्वासको प्रस्ताव फिर्ता लिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)