११ माघ, काठमाडौं । पछिल्लो चौबीस घण्टामा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर गरिएका चारहजार चारसय १३ मध्ये दुईसय ७० जनाको नतिजा पोजेटिभ आएको हो ।
त्यस्तै आज नै मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ रहेको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा दुईहजार १ जना पुगेको छ ।
नेपालमा आइतबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६९ हजार चारसय ५० जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा चारसय तीनजना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६४ हजार १ सय ३७ पुगेको छ । हालसम्म क्वारेन्टिनमा एक सय ४५ जना छन् भने तीनहजार ३ सय १२ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
