मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना खोप सुरक्षित भएकाले निश्चिन्त भएर खोप लगाउन स्वास्थ्यकर्मीहरुको सुझाव


  • माउन्टेन खबर
  • बुधबार, माघ १४, २०७७
  • 399
    SHARES

१४ माघ, काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ । आज (बुधबार)देखि कोभिड–१९ संक्रमणको रोकथाम तथा उपचारमा पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरुका लागि खोप लगाउन शुरु गरिएको हो ।

काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट शुरु भएको खोप लगाउने अभियान देशैभर सञ्चालन भएको छ । १० दिन सम्म सञ्चालन हुने यो अभियानमा करिब ४ लाख ५० हजार जनाले खोप लगाउन पाउनेछन् । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मीहरुले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन् ।

पहिलो खोप लगाउनुभएका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारी, डा. अनुप बास्तोला र जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले खोप लगाएपछि आफूहरुलाई केहीपनि असर नदेखिएको भन्दै सुरक्षित भएर खोप लगाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)