बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

१३ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग प्रदेश सरकारको छलफल


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ११, २०७७
  • 804
    SHARES

कोभिड १९ भाइरसको संक्रमण र यसले पारेको प्रभावका बारेमा बागमती प्रदेश सरकारले आफनो प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग बिहिबार ‘भर्चुअल कन्फरेन्स’ गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव विनोद सिंहले १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग जिल्लाको पछिल्लो वस्तुस्थितिका बारेमा जानकारी लिएका हुन् ।

आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलका अनुसार समग्रमा तीन महिनाका लागि खाद्यान्न भण्डारण रहेको, गुणस्तरिय स्वास्थ्य सामग्री तथा मल र बिउको अभाव रहेको, काठमाडौबाट जिल्लामा जानेको चाप बढेको, संक्रमणको चुनौती रहेको, नेपाल प्रहरीको दरवन्दी थोरै रहेको, आयोजना सञ्चालन गर्न प्रष्ट निर्देशन नआएको, क्वारेन्टीन र आइसोलेसनमा बिरामीको चाप नरहेको,काठमाडौबाट फर्किका मजदुरको सहजीकरण गरिएको,रासन बितरण भइरहेको जानकारी प्रमुख जिल्ला अधिकारीले गराएका छन् ।

प्रदेश सरकारबाट जिल्ला विपद व्यवस्थापन समितिका लागि पठाइएको रकम खर्च गर्न प्रष्ट कार्यविधि नभएकोले अप्ठयारो परेको प्रमुख जिल्ला अधिकारीले जानकारी गराएका हुन् ।

बिहान ८ बजेदेखि ११ बजेसम्म चलेको छलफलमा मुख्यमन्त्री पौडेलले प्रमुख जिल्ला अधिकारीबाट उठाइएका समस्या सम्बोधन गर्न प्रदेश सरकार गम्भिर रहेको जानकारी गराउँदै रासनमा भन्दा काममा प्राथमिकता दिन अनुरोध गरे । आयोजना सञ्चालनलाई प्राथमिकताका साथ अगाडि बढाउन पनि मुख्यमन्त्री पौडेलले निर्देशन दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)