सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बुधबार थप २८३ मा संक्रमण पुष्टि, ३ जनाको मृत्यु


  • माउन्टेन खबर
  • बुधबार, माघ १४, २०७७
  • 445
    SHARES

१४ माघ, काठमाडौं । पछिल्लो चौबीस घण्टामा मुलुकभर २८३ जनामा कोरोना संक्रमणका पुष्टि भएको छ। बुधबार ४ हजार ३८३ जनामा गरिएको परिक्षणमा २८३ मा संक्रमण देखिएको हो।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा बुधबारसम्म मृत्यु हुनेको संख्या जम्मा २ हजार २० पुगेको छ।

पछिल्लो २४ घण्टामा २४६ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६५ हजार ६९ पुगेको छ । हाल क्वारेन्टिनमा १२२ जना छन् भने तीन हजार २८६ जना आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)