सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पारिश्रमिक नपाएका मनमोहन अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलनमा


  • माउन्टेन खबर
  • बिहिबार, माघ १५, २०७७
  • 582
    SHARES

१५ माघ, काठमाडौं । सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरीयल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित भएका छन् ।

मनमोहन मेमोरीयल अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिना भित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी गर्ने सहमती गरेको थियो । उक्त सहमतीको तीन महिना बितिसक्दा पनि बाँकी रहेको पारिश्रमिक उपलब्ध नगराएको भन्दै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु धर्नामामा बसेर विरोध जनाएका हुन् । व्यवस्थापनले आफुहरुको कामको अवमुल्यन गरेको, यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै शान्तिपूर्ण धर्नामा उत्रिएको कर्मचारीहरुको भनाई छ ।

आफुहरुको जायज माग सम्बोधन गर्न अविलम्ब वार्तामा बस्नुपर्ने उहाँहरुको भनाई छ । श्रमिकको माग पुरा गर्नुपर्ने, श्रमिक प्रतिनिधिसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने तथा श्रमिकको रोजगारीको सुनिश्चितता गर्नुपर्ने लगायतको माग राखिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)