मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाँकेमा एक स्वास्थ्यकर्मिको कोरोना संक्रमणबाट मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, माघ १६, २०७७
  • 470
    SHARES

१६ माघ, काठमाडौं । बाँकेस्थित बैजनाथ गाउँपालिकामा रहेको टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर अनमी रमा भारतीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे ४२ वर्षीया उनको निधन भएको हो ।

भारतीको एक/एक जना छोराछोरी छन् । नेपाली सेनाले भारतीको शव दिउँसो १ बजे जग्दीघाटमा व्यवस्थापन गर्दैछ ।

यसैबीच, भारतीको निधनमा बैजनाथ गाउँपालिकाले शुक्रबार पालिकासहित अन्तरगतको वडा कार्यालय र स्वास्थ्य संस्थाको सेवा प्रवाह एक दिनका लागि बन्द गरेको छ । अधिकृत डोटी नेपालीले विज्ञप्ति जारी गर्दै एकदिनका लागि सेवा बन्द गरिएको जनाएका छन् ।

गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले पनि विज्ञप्ति जारी गर्दै मृतक राष्ट्र सेवक कर्मचारीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)