शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल पर्यटन बोर्डको सदस्यमा ङावाङीमा शेर्पा, चन्द्र रिजाल र कृष्ण शाह नियुक्त


  • माउन्टेन खबर
  • शनिबार, माघ २४, २०७७
  • 656
    SHARES

काठमाडौं,२४ माघ । नेपाल पर्यटन बोर्डले पूर्णता पाएको छ । रिक्त रहेको तीन जना सदस्यहरुमा नियुक्ति गरेसँगै बोर्डले पूर्णता पाएको हो ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले शुक्रबार बोर्डको सदस्यमा ङावाङीमा शेर्पा, चन्द्र रिजाल र कृष्ण शाहलाई नियुक्त गरेको हो । बोर्डको सदस्यताका लागि छनौट समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो ।

नियुक्त भएका शेर्पा नेपाल कोरिया पर्यटन प्रवद्र्धनमा क्रियाशील व्यवसायी हुन भने रिजाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल(टान)का पूर्वअध्यक्ष हुन् । यस्तै शाह इलामका पर्यटन व्यवसायी हुन् ।

मन्त्रालयका सहसचिव तारानाथ अधिकारीको संयोजकत्वमा गठित समितिमा पर्यटन बोर्डका पूर्वसदस्य राजेन्द्र सापकोटा र पूर्ण कुँवर सदस्य थिए ।

समितिले यी तीनजनासहित हरिभक्त श्रेष्ठ र सिएन पाण्डेको नाम सिफारिस गरेको थियो । सिफारीस भएकामध्ये पाण्डेको नाम अग्रस्थानमा रहेपनि अन्तिममा उनको नाम सदस्यमा पर्न सकेन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)