२४ माघ, काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणलाई सहयोग जुटाउन कलाकार र खेलाडीबीच क्रिकेट प्रतियोगिता ‘स्टार क्रिकेट २०२१’ सुरु भएको छ ।
आज सम्पन्न हुने एक दिवसीय मैत्रीपूर्ण खेलको भरतपुर महानगर प्रमुख रेनु दाहालले र ब्याटिड्ग र फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बलिङ गरेर उद्धाटन गर्नु भएको हो।
मेयर दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्न देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीलाई सहयोग गर्न आग्रह गर्दै महानगर महानगरले गौरबको आयोजना समयमै पुरा गर्न आफ्नो तर्फबाट पनि हर प्रकारको सहयोग गर्ने बताउनुभयो । उहाँले कार्यक्रममा खेलाडी तथा कलाकारहरूलाई माला लगाएर स्वागत गर्नु भएको थियो।
उद्घाटन कार्यक्रममा महानगर उपप्रमुख पार्बती शाह ठकुरी, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, खेलाडी र कलाकार हरूको सहभागिता रहेको थियो । कार्यक्रम गृष्म इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक गेहेन्द्र घिमिरेको व्यवस्थापनमा सम्पन्न भएको थियो ।
