सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चीनद्वारा पाँच लाख डोज कोरोना खोप अनुदान


  • माउन्टेन खबर
  • शनिबार, माघ २४, २०७७
  • 285
    SHARES

२४ माघ, काठमाडौं । चीन सरकारले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि पाँच लाख डोज खोप उपलब्ध गराउने भएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी बीच टेलिफोनमा कुराकानी हुँदा चीनले यो प्रतिवद्धता जनाएको हो।

शुक्रबार साँझ दुई मन्त्रीबीच फोनवार्ता भएको थियो।

कुराकानीमा चिनियाँ विदेश मन्त्री यी ले नेपाललाई पाँच लाख डोज कोरोना भ्याक्सिन अनुदानमा उपलब्ध गराउने बताउनुभएको थियो।

यसअघि काठमाडौंस्थित चिनियाँ दूतावासले तीन लाख डोज भ्याक्सिन नेपाललाई अनुदानमा दिने बताएको थियो।

अहिले सम्म चिनियाँ भ्याक्सिनलाई अनुमति नदिएकाले यसबारे अध्ययन भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)