बिहिबार, बैशाख २०, २०८१

काठमाण्डौबाट गोसाइँकुण्ड गाउँपालिकाका ६८ जनालाई जिल्ला ल्याइदै, १४ दिन क्वारेन्टाइनमा राखिने


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १३, २०७७
  • 421
    SHARES

लकडाउनका कारण काठमाण्डौमा अड्कीएका रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका ६८ जनालाई जिल्ला ल्याइदै छ । उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्ने सर्त सहित जिल्लामा ल्याउन लागिएको हो ।

गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर २ बाहेकका वडाका १० जना बालबालिका, ३५ जना महिला र २३ जना पुरुष सहित ६८ जनालाई जिल्ला भित्राउन लागिएको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङले बताए ।

विगत लामो समय देखि जारी गरिएको बन्दबन्दीमा परि काठमाण्डौमा बस्दै आएका यस गाउँपालिका अन्तर्गतका नागरिकहरुलाई गोसाइँकुण्ड गाउँपालिकाको पहलमा तोकिएको क्वारेन्टाईनमा बस्ने गरि दुई वटा बसमा उद्वार गरि अहिले ल्याइदैछ, उनले भने काठमाण्डौबाट गाडि हिडिसकेका छ, राति ११ बजे भित्रमा जिल्लामा आइसक्छन्, ।

उनीहरु शनिबार राती ११ बजे भित्रमा सदरमुकाम धुन्चे आइपुग्ने बताइएको छ । स्थानिय तहको पहलमा जिल्ला ल्याइएका उनीहरुलाई १४ दिनसम्म सदरमुकाम धुन्चेमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिने बताइएको छ ।

क्वारेन्टाइनमा २ जना स्वास्थ्यकर्मी सहित सुरक्षाकर्मी खटाइएको छ । क्वारेन्टाइनमा बसेकाहरुलाई खाजा खाजाको व्यवस्था सम्बन्धित गाउँपालिकाले नै गर्ने बताइएको छ । उनीहरुलाई बिहान ८ बजे खाजा, मध्यान्न १२ बजे खाना, दिउँसो ४ बजे खाजा र बेलुकि ८ बजे खानाको व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }