मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा कोरोना संक्रमण पुन: बढ्यो, एकैठाउँमा भेला हुन रोक


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन १०, २०७७
  • 511
    SHARES

१० फागुन, काठमाडौं । कोरोना संक्रमणको लहरलाई रोक्ने उद्देश्यले भारतको महाराष्ट्र सरकारले आजबाट सबै प्रकारका राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक लगाएको छ ।

मुख्यमन्त्री उद्धव ठाकरेले टेलिभिजन सम्बोधन गर्दै महाराष्ट्रका सबै राज्यहरुमा मानिसहरु भेला हुने कार्यक्रममा बन्देज लगाइएको जानकारी दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘महामारीले हाम्रो राज्यमा फेरि टाउको उठाउँदै छ । लकडाउनबाट मात्र कोभिड-१९ समाधान हुँदैन तर भाइरसको फैलावटलाई रोक्न यो एक मात्र विकल्प हो ।’

बढ्दो संक्रमणका कारण भारत एकपटक फेरि कोरोनाको एक्टिभ केस भएका विश्वका देशहरुको सूचीमा १५ औं स्थानमा पुगेको छ
मुख्यमन्त्री ठाकरेले कोरोना संक्रमणबाट जोगिने नियमहरुको पालना नगर्नेहरुलाई सजायँ दिने चेतावनीसमेत दिनुभएको छ ।

भारतको महाराष्ट्र कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित हुने राज्यमध्ये एक हो । अहिले फेरि संक्रमणको लहर देखिएपछि सरकारले प्रतिबन्धात्मक उपायहरु पालना गर्न आम नागरिकलाई अनुरोध गरेको छ । यो कोरोना संक्रमणको अर्को लहर हो कि होइन भन्ने कुरा ८ देखि १५ दिनभित्रै थाहा हुने मुख्यमन्त्री ठाकरेको भनाइ छ ।

भारतको महाराष्ट्रमा कोरोना संक्रमण बढ्दै गएपछि अमरावती र अकोला जिल्लामा एक हप्ताका लागि लकडाउन सुरु गरिँदै छ । लकडाउन एक मार्चदेखि लागु हुने छ । संक्रमण बढ्दै गएपछि पुणेमा रात्रीकालीन कर्फ्यु लगाइएको छ ।

भारतका ९१ जिल्लामा कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको छ । तीमध्ये ३४ जिल्ला महाराष्ट्रका र १६ जिल्ला कर्नाटकका छन् ।

यसैगरी हरियाणा, पन्जाब, छत्तीसगढ, गुजराज र बिहारका ४–४ जिल्ला तथा केरलाका दुई जिल्लामा पनि कोरोना संक्रमणको दर बढेको पाइएको छ ।

यी जिल्लाहरुमा दिनहुँ कोरोना संक्रमणबाट मुक्त हुनेहरुको भन्दा नयाँ संक्रमितको संख्या धेरै देखिएको छ । बढ्दो संक्रमणका कारण भारत एकपटक फेरि कोरोनाको एक्टिभ केस भएका विश्वका देशहरुको सूचीमा १५ औं स्थानमा पुगेको छ ।

भारतको केन्द्र सरकारले कोरोना संक्रमण दिनहुँ बढ्दै गएका राज्यहरुलाई कडा निगरानी, परीक्षण र कोरोना खोपमा ध्यान केन्द्रित गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)