मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना संक्रमित तेस्रो व्यक्ति कतारबाट आएर होटलमा बसेका थिए: स्वास्थ्य मन्त्री


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १२, २०७६
  • 742
    SHARES

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित तेस्रो व्यक्ति यही चैत ६ गते कतारबाट नेपाल आएका बताइएको छ । सो कुराको जानकारी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार दिएका हुन् । ती संक्रमित युवक ३२ वर्षका हुन् ।

धादिङका उनी आफूलाई असहज भएपछि उपचारका लागि अस्पताल पुगेका र स्वास्थ्य परीक्षणपछि पनि पुनः होटलमै गएर बसेका थिए ।

मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका उनको संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । मंगलबार राति नै उनको रिपोर्ट पोजेटिभ आको हो ।

त्यसपछि बुधबार बिहान उनलाई अस्पताल भर्ना गरिएको हो । उनी कुन जहाजमा आएका हुन् र काठमाडौँको कुन होटलमा बसेका थिए भन्ने बारेमा भने केही बताइएको छैन । उनी बसेको होटल र अन्य आफन्तहरुको चेकजाँच के भइरहेको छ भन्ने बारेमा भने केही बताइएको छैन

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)