मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तारकेश्वरमा बर्डफ्लू भेटिएपछि सतर्क रहन विभागको आग्रह


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन १४, २०७७
  • 801
    SHARES

१४ फागुन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्ड फ्लू भेटिएको छ । बर्डफ्लु भेटिएको स्थान र त्यस वरपरका कुखुरा, चल्ला र अण्डा र दाना नष्ट गरिएको छ।

बिहीबार बर्डफ्लू देखिएको तारकेश्वर नगरपालिकाको वडा नम्बर १ को रोग प्रभावित क्षेत्रलाई पूर्ण निःसंक्रमण गरिएको विभागले विज्ञप्ति जारी गरेर जानकारी दिएकाे हाे।

बर्डफ्लू रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको विभागले जानकारी दिएकाे छ।

रोगलाई पूर्ण नियन्त्रणमा राख्न फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्न विभागले आग्रह गरेको छ।

फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन, घरपालुवा पन्छीलाई जंगली पन्छीहरूको सम्पर्कमा आउन नदिन तथा खुल्ला रूपमा गरिने पन्छीपालनलाई निरूत्साहित गर्न पनि विभागले आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)