शुक्रबार, बैशाख २१, २०८१

कम्प्युटरमा काम गर्दा थाकेका आँखाका लागि घरेलु औषधिहरु


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १५, २०७७
  • 572
    SHARES

लकडाउनका कारण यो समय प्रायः मानिसहरु कम्प्युटर, ल्यापटम, मोबाइल र टिभीमा लामो समय व्यतित गरिरहेका छन् । यसरी लगातार स्क्रीनको अगाडि बस्दा आँखामा नराम्रो असर पर्छ । जसको कारण कालो धब्बा देखिने जस्ता समस्याहरु पैदा हुन्छन् । यसका साथै आँखा थकित हुन्छ । आँखालाई यस्तो अवस्थामा सुरक्षित राख्न के गर्ने ?

आलु: आलुमा पाइने इन्जाइमले आँखाको कालो धब्बा हटाउन निकै मद्दत गर्छ । आलुलाई लेदो बनाएर ३० मिनेटसम्म फ्रिजमा राखेपछि आँखाको पूरै भागमा लगाएर २०/२५ मिनेट सम्म राख्ने र पानीले पखाल्ने ।

टी ब्याग:चियाको पातमा क्याफिनको मात्रा धेरै पाइन्छ । यसले आँखा सुन्निएको कम गर्छ । र आँखामा रक्तसञ्चार गराउँन मद्दत गर्छ । त्यसैले टि ब्यागलाई चिसो बनाउन फ्रिजमा राख्नुहोस् र ५ मिनेटसम्म आँखामाथि राखेर बस्नुहोस् ।

काक्रो :थकित आँखाको लागि काक्रोले आनन्द प्रदान गर्नुका साथै मोस्चराइजरको पनि काम गर्छ । काक्रोको बोक्रा फालेर लेदो बनाएर यसलाई ३० मिनेटसम्म फ्रिजमा राख्नुहोस् । र आँखाको वरिपरि लगाएर २०र२५ मिनेट आराम गर्नुहोस् र चिसो पानीले पखाल्नुहोस् ।

नरिवलको तेल:नरिवलको तेलले आँखाको वरिपरिको कालो भाग, सुख्खापन र सुन्निनबाट बचाउँछ । त्यसैले आँखाको तल्लो भागमा दुई थोपा नरिवलको तेल राख्नुस् र हल्का मसाज गर्नुस् आँखा वरिपरि । यो राति सुत्नुअघि गरिने उपाय हो । र बिहान धुनुहोस् ।

गुलाब जल:गुलाब जलले आँखालाई आराम दिलाउँछ । कटन प्याडलाई गुलाब जलले भिजाएर आँखामाथि राख्ने र १५ मिनेटसम्म आँखा बन्द गर्ने गर्नुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }