आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चैतभित्र भीमफेदी–कुलेखानी सडक स्तरोन्नति : मन्त्री फुयाँल


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन १८, २०७७
  • 698
    SHARES

हेटौडा ,१८ फागुन। बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आगामी चैत महिनाभित्र भीमफेदी–कुलेखानी काठमाडाँै सडक स्तरोन्नतिको काम सम्पन्न हुने बताउनुभएको छ ।

निर्माणाधीन सडकको निरीक्षण गर्दै मन्त्री फुयाँलले भीमफेदीदेखि कुलेखानीको हेबीसम्म सडक फराकिलो बनाउने, नाला तथा पर्खाल निर्माणको काम एवं ३७ मोडमा स्ल्याप ढलानको काम सम्पन्न भएको र अब अलकत्राको पिच बनाउने काम शुरु हुने जानकारी दिनुभयो । उहाँले मदन भण्डारी मार्गअन्तर्गतको उक्त खण्डको स्तरोन्नति प्रदेश राजधानी र सङ्घीय राजधानीबीचको यात्रावधि एकदेखि डेढ घण्टासम्म छोटिने दाबी गर्नुभयो ।

कूल रु ३२ करोड लागतमा सम्पन्न गर्ने गरी गत वर्षको फागुनमा सम्झौता गरिएको भीमफेदी–कुलेखानी सडकको स्तरोन्नतिको काम ७५ प्रतिशत सकिएको निर्माण कम्पनी मोतीदान जेभीका व्यवस्थापक शिव गौतमले जानकारी दिनुभयो । भीमफेदीदेखि चकमके देउरालीसम्म आठ किलोमिटर र देउरालीदेखि कुलेखानी हेबीसम्म ७.३ किलोमिटर गरी दुईखण्डमा निर्माणाधीन सडकको दुई भिन्नाभिन्नै निर्माण कम्पनीले काम गरिरहेको भए पनि एउटै व्यवस्थापनले हेरिरहेको उहाँले बताउनुभयो ।

यसैबीच प्रदेश सरकारले निर्माण गर्न लागेको पोष्टबहादुर बोगटी सुरुङमार्गको दक्षिणी खण्डको भैँसे–भीमफेदी सडकको स्तरोन्नतिको काम तीव्र पारिएको छ, जसअन्तर्गत हाल सडक फराकिलो पार्ने काम भइरहेको प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।

कूल लागत रु ६३ करोड ७० लाख ६५ हजारमा सडकलाई १० मिटरको चौडा पार्ने, नाला निर्माण गर्ने तारजाली एवं पर्खाल लगाउने तथा कालोपत्रे गर्ने कार्य गरिने निर्देशनालयका निमित्त प्रमुख डा सहदेवबहादुर भण्डारीले जानकारी दिनुभयो । दुई वर्षभित्र सम्पन्न गर्ने शर्तसहित हेटौँडाको आशिष डिएस जेभीले गत असार २४ मा निर्देशनालयसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले आगामी २०७९ साल असार २३ सम्ममा कार्य सम्पन्न गरिसक्नुपर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)