बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बार्सिलोनाद्वारा ओसासुना २-० ले पराजित


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन २३, २०७७
  • 456
    SHARES

२३ फागुन, काठमाडौं । उपाधि दावेदार बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हरायो ।

ओसासुनाको मैदानमा बार्सिलोनालाई जित दिलाउन जोर्डी अल्बा र मोरिबाले एक/एक गोल गरे । खेलको ३०औँ मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ८३औँ मिनेटमा मोरिबाले गोल गर्दै २–० को जित दिलाए ।

जितसँगै बार्सिलोनाले बार्सिलोनाले २६ खेलबाट ५६ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानमा छ । ओसासुना २८ अंकसहित १३औँ स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)