मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बूढा ! बूढा ! भनन – कविता


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २५, २०७७
  • 1.2K
    SHARES

बूढा ! बूढा ! भनन


आषाढैको प्रथम दिनमा उर्लियो मेघमाला
हावा लाग्यो सिरसिर सरी डेकको भन्छु हाला
नन्दा आइन् स्मृतिपटलमा देखियो फूलमाला
एक्लै बस्दा प्रियविरहले हुन्न को स्वप्नवाला ? ।

२ 
मैले रोजेँ अवनि जननी प्यासले तड्पिएँ म
देखेँ भाग्यौं परपर सरी छोप्न नै होमिएँ म
पापै के हो ? भनन कविता दूर दूरै भएँ म
कान्ता मेरी कमल नयनी दृष्टिहीनै भएँ म ।


डायास्पोरा रहर कर भो शाप भो यो मलाई
विद्युन्माला नबन वनिता छोप्न देऊ मलाई
बिर्स्यौ कस्तो अपरिचयको पाप भो यो मलाई
माफी देऊ अमृतदुहिता सम्झिदेऊ मलाई ।


आउन्नौ नै घर त तिमीले ताकमैमा बसायौ
तड्पाएरै पति—त मरणासन्नमा नै पुरायौ
धर्तीबाटै जलद भरियो अश्रुधारा बहायौ
तिम्रो पीडा पनि छ मसितै आज आई समायौ ।


छैनौ, हैनौ, तर तरुणिमा काखमा च्याप्छु मैले
सेती ! सेती ! पुलकित भई खोज्छु कुर्लेर पैले,
सुक्दा मेरो पलपल गला उत्तरै छैन ऐले
बूढा ! बूढा ! भनन नभने प्राण नै त्याग्छु मैले ।

 

-होमनाथ सुबेदी , भर्जिनिया , अमेरिका ।

(उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सँस्थापक अध्यक्ष हुनुहुन्छ )

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)