बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौं मेयर्स-११ लाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन २७, २०७७
  • 405
    SHARES

२७ फागुन, काठमाडौं । सन्दीप लामिछानेले कप्तानी गरेको काठमाडौँ मेयर्स-११ लाई ७ विकेटले पराजित गर्दै शसस्त्र प्रहरी बल-एपीएफ क्लब मेयर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।

मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा एपीएफलाई महत्वपूर्ण जित दिलाउन शरद भेषावकर र सन्दीप जोराले अर्धसतक बनाउनुका साथै सतकीय साझेदारी पनि गरे।

शरद ६१ र सन्दीप ६२ रनमा अविजित रहे। उनिहरुले चौथो विकेटका लागि एक सय १९ रनको साझेदारी गरेका थिए। त्यसअघि पहिला ब्याटिङ गरेको काठमाडौँ मेयर्स-११ ले ४८.५ ओभरमा सबै विकेट गुमाएर एक सय ७७ रन जोड्यो।

एपीएफका अविनाश बोहरा र कमल ऐरीले तीन तीन विकेट लिए। काठमाडौँ मेयर्स-११ का लागि सन्दीप रजालीले ४८, हरिशंकर शाहले ३६ र विक्रम भुसालले २० रन बनाए। एपीएफले १३ ओभरमा २ विकेट गुमाएर ४९ रन जोडेको छ।

एपीएफले उपाधिका लागि नेपाल पुलिस क्लबको सामना गर्ने छ। चार खेलपछि यी दुवै टोलीले समान ६ अंक जोडेर शीर्ष दुई स्थानमा रहेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)