बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मेयर कपको उपाधि पुलिसलाई


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन २९, २०७७
  • 600
    SHARES

कीर्तिपुर,२९ फागुन। 
नेपाल पुलिस क्लबले एपिएफमाथि ८ विकेटको नतिजाका साथ काठमाडौ मेयरकप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार भएको विभागिय डर्बी फाइनलमा एपिएफले प्रस्तुत गरेको १ सय ६ रनको सामान्य लक्ष्य पुलिसले २४.१ ओभरमा सबै विकेट गुमाउदै पूरा गरेको थियो । पुलिसका लागि ओपनर सुनिल धमलाले अविजित ५९ रनको योगदान गरे । सुनिलले ८२ बलमा ७ चोैका र १ छक्का प्रहार गरे । एपिएफका अविनाश बोहोरा र भुवन कार्कीले समान १ विकेट लिएका थिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफ २९.४ ओभरमा सबै विकेट गुमाउदै १ सय ५ रनमा सीमित बनेको थियो । एपिएफका लागि वसन्त रेग्मीले प्रहार गरेको २२ रन व्यत्तिगत सर्वाधिक रन बन्न पुग्यो ।पहिलो ३ ओभरमा ३ विकेट गुमाएपछि एपिएफ सुरुआती दबाबमा परेको थियो ।

५ रन जोड्दा २ विकेट गुमाएको एपिएफले थप ५ रन जोड्दा ओपनर शरद भेषावकरलाई पनि रन खाता नखोल्दै गुमायो । शरदलाई गुल्सनले विकेटकिपर दिलिपबाट क्याच गराएका थिए । चौथो विकेटका लागि सन्दिप जोरा र भुवन कार्कीले ३२ रनको साझेदारीका साथ टोलीको इनिङस उकास्ने प्रयास गरेक थिए । सन्दिपले १८ र भुवनले १४ रन जोडे ।अमरसिंह रौटेला र वसन्तले आठौ विकेटका लागि ३० रनको साझेदारी गरेका थिए । अमरले १८ रन जोडे ।

पुलिसका गुल्सनले ७ ओभरमा ३६ रन खर्चदै ४ विकेट लिदा सागरले ७.४ ओभरमा २८ रन खर्चदै ४ विकेट लिए । पवन शराफ र ललित राजवंशीले समान १ विकेट लिए । प्रतियोगिताको विजेता पुलिसले नगद ५ लाख,उपविजेता एपिएफले ३ लाख प्राप्त गरे ।

पुलिसका दिपेन्द्रसिहं ऐरी प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी बन्दा आर्मीका कप्तान विनोद भण्डारी उत्कृष्ट ब्याटस्म्यान र बाग्मती प्रदेशका ओरियो पौडेल उत्कृष्ट बलर बने ।दिपेन्द्रले नगद ५० हजार हात पार्दा विनोद र ओरियोले समान २५ हजार प्राप्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)