बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेटको उपाधि ग्रेट हिमालयलाई


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन २९, २०७७
  • 598
    SHARES

काठमाडौं, २९ फागुन। एन्जल्स हार्ट एकेडेमीलाई पराजित गर्दै ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेपाल पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा एन्जल्स हार्ट एकेडेमीलाई एक सय सात रनले हराएर ग्रेट हिमालयले उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएका ग्रेट हिमालयनले २० ओभरमा दुई सय २० रन बनायो । उसका लािग हेमन्त श्रीवास्तवले एक सय ६ रनको योगदान दिनुभयो । अशोक पौडेलले ३६ रन बनाउनुभयो । बलिङतर्फ एन्जल्सका लागि श्याम त्रिपाठीले चार तथा विपिन न्यौपानेले तीन विकेट लिनुभयो ।

दुई सय २१ रनको विजय लक्ष्य पछ्याएको एन्जल्सले १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय १३ रन मात्र बनाउन सक्यो । उसका लागि दिनेश पुनले सर्वाधिक २१ रन बनाउनुभयो । विवेक न्यौपानेले १७ रन जोड्नुभयो । बलिङतर्फ ग्रेट हिमालयका सुशान्त तिमिल्सिना र अशोक पौडेलले तीन÷तीन विकेट लिनुभयो । प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)