बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लिड्सले बराबरीमा रोक्यो चेल्सीलाई


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १, २०७७
  • 510
    SHARES

एजेन्सी, १ चैत्र।     इङलिस प्रिमियर लिगमा यसै वर्ष समावेश भएको लिड्स युनाइटेडले चेल्सीलाई गोल रहित बराबरीमा रोकेको छ ।

शनिबारको खेलमा चेल्सीले लिड्समाथि निरन्तर दबाब कायम राखे पनि गोल गर्न भने सकेको थिएन । हुनत यस खेलमा दुबै टिमले गोल गर्ने अवसर प्राप्त गरेका थिए, तर गोलमा परिणत गर्न दुबै टिम असफल रहे ।

यो बराबरीसँग चेल्सी अंक तालिकाको चौथो स्थानमा कायम छ । चेल्सीको २९ खेलबाट ५१ अंक भएको छ । पहिलो स्थानमा भने २९ खेल खेलेको म्यान्चेस्टर युनाइटेडको ६८ अंक छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको २८ खेलबाट ५४ तथा तेस्रो स्थानको लेस्टरको २८ खेलबाट ५३ अंक छ ।

लिड्स युनाइटेड भने २८ खेलबाट ३६ अंक बटुल्न सफल भएको छ, र यो अंक तालिकाको १२औं स्थानमा छ ।

आजै राति क्रिस्टल प्यालेस र वेस्ट ब्रुम, एभर्टन र बर्नली तथा फुलह्याम र म्यान्चेस्टर सिटीबीच खेल हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)