बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल-पाकिस्तान मैत्री टी -२० क्रिकेट प्रतियोगिताको विजेता पुरस्कृत


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १, २०७७
  • 965
    SHARES

काठमाडौै, चैत्र।  नेपाल-पाकिस्तान मैत्री टी -२० क्रिकेट प्रतियोगिताको विजेतालाई युवा तथा खेलकुद सचिव केदार न्यौपानेले आज धुम्वाराहीमा आयोजित कार्यक्रममा पुरस्कृत गर्नु भयो।

प्रतियोगितामा ग्रेट हिमालयन क्रिकेट क्लब प्रथम भएको थियो।

काठमाडौंस्थित पाकिस्तान दूतावासले आयोजना गरेको १० दिने क्रिकेट टूर्नामेन्टमा कुल १२ नेपाली क्रिकेट क्लबले भाग लिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सचिव न्यौपानेले यो वार्षिक कार्यक्रम आयोजना गर्न दूतावासले गरेको प्रयासको सराहना गर्नुभयो र त्यस्ता खेलकुद आयोजनाहरूमार्फत पाकिस्तान र नेपालबीच द्विपक्षीय सम्बन्ध विकासको ठूलो सम्भावना रहेको बताउनु भयो।

नेपालका लागि पाकिस्तानी राजदूतले दुई देशका युवाहरुलाई एकजुट गराउन खेलले मद्दत गरेको भन्दै क्रिकेट पाकिस्तानी र नेपाली जनता बीचको सम्पर्कको महत्वपूर्ण आधारशिला भएको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)