काठमाडौं, २ चैत्र। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न बहराइनका राजपरिवारका सदस्यसहित १६ जनाको टोली आज नेपाल आइपुगेकाे छ।
बहराइनस्थित नेपाली राजदूतावासका अनुसार उक्त टोली त्यहाँको समयअनुसार बिहान सवा ९ बजे बहराइन डिफेन्स फोर्सको सैन्य विशेष विमानमार्फत नेपाल आएकाे हाे।
टोलीमा बहराइन राजपरिवारका सदस्य शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासहित बहराइन रोयल गार्ड, डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी र तीन जना बेलायती नागरिक पनि छन्।
टोली करिब ८० दिन नेपालमै रहनेछ।
टोलीले गोरखा जिल्ला चुमनुब्री गाउँपालिका १ स्थित समागाउँका बासिन्दाका लागि कोरोना भाइरसविरुद्ध लगाइने २ हजार डोज अस्ट्राजेनेका खोप समेत सहयोगस्वरुप प्रदान गर्नेछ।
यो टोलीले गत वर्ष अक्टोवरमा लोबुचे र मनास्लु हिमाल पनि सफलतापूर्वक आरोहरण गरेको थियो।
