बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फुटबल खेलाडी लिओनेल मेसीको नयाँ कीर्तिमान


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ४, २०७७
  • 685
    SHARES

एजेन्सी ,४ चैत्र।  बार्सिलोना फुटबल क्लबका लागि सबैभन्दा धेरै खेल खेल्ने प्रसिद्ध फुटबल खेलाडी चाभीको कीर्तिमानसँग बराबरी खेली नयाँ कीर्तिमान बनाउन अर्जेन्टिनी फुटबल खेलाडी लिओनेल मेसी सफल भएका छन् ।

बार्सिलोनाका लागि ७६७ औँ पटक मैदानमा ओर्लिएका मेसीले पछिल्लो खेलमा दुई गोल गरेका छन् । होएस्का विरुद्धको स्पेनिश प्रिमिअर लिग खेलमा मेसीले अर्को एक गोलका लागि सहयोग गरेका थिए ।

बार्सिलोनाले ४–१ ले जितेको सो खेलपछि सो क्लब लिगको अङ्क तालिकामा दोस्रो स्थानमा पुगेको छ । समान २७ खेल खेलेको एट्लेको मड्रिडको ६३ अङ्क छ भने बार्सिलोनाको ५९ अङ्क छ ।

रिेयल मड्रिड भने ५७ अङ्कमा सीमित रहेको छ । सन् २००४ देखि बार्सिलोनाका लागि खेल्न थालेका मेसीले क्लबबाट १० पटक स्पेनिश लिग र चार पटक च्याम्पियन्स लिग जित्नुका साथै अन्य २० विजेता ट्रफी जित्न सफल भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)