सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अक्सफोर्ड एस्ट्राजिनिकाले निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोग गर्ने बारे युरोपेली देशहरु विभाजित

खोप सुरक्षित रहेको विश्व स्वास्थ्य संगठनको भनाई


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ४, २०७७
  • 712
    SHARES

 

एजेन्सी,४ चैत्र। 

रगत जम्ने समस्या देखिएको भन्दै अक्स्फोर्ड एस्ट्राजिनिकाको निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगमा रोक लगाएका केही युरोपेली मुलुकहरुले खोप पुनः प्रयोग गर्ने नगर्ने सम्बन्धमा थप अध्ययन र स्पष्टिकरणको पर्खाईमा रहेका छन् ।

फ्रान्स, जर्मनी, स्पेन र इटालीले युरोपेली संघको नियामक निकायले गर्ने निर्णयपछि खोपलाई निरन्तरता दिने नदिने निर्णय लिने जनाएका छन् । तर युरोपेली संघको सदस्य रहेका पोल्याण्ड र बेल्जियमले भने अन्यन्त सानो संख्यामा रगत जमेको पाइएको र खोप लगाएकै कारण ती मानिसमा रगत जमेको भन्ने प्रमाणित नभएकाले एस्ट्राजेनिकाको खोपलाई निरन्तरता दिने जनाएका छन् ।

युरोपेली मेडिसिन सम्बन्धी निकाय इएमएले यस विषयमा बिहीबार आफ्नो खोज सार्वजनिक गर्दैछ । तर रगत जम्ने समस्या खोप दिनु अघि पनि सानो संख्यामा सामान्य रहेको इएमएको भनाई छ ।

विश्व स्वास्थ्य संगठनले खोपकै कारण रगत जमेको भन्ने कुराको कुनै प्रमाण नरहेको जनाएको छ । एस्ट्राजिनिकाले दिएको तथ्याङ्क अनुसार युरोपमा खोप लगाएका एक करोड ७० लाख मानिसमध्ये ३७ जनामा रगत जम्ने समस्या देखिएको छ ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)