सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा एकैदिन ३६ हजार संक्रमित भेटिए


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र ५, २०७७
  • 1.0K
    SHARES

५ चैत्र, काठमाडौं । भारतमा कोरोनाका नयाँ संक्रमितको आँकडा लगातार बढिरहेको छ । बुधबार ३५,८३८ मानिसहरु कोरोनाद्वारा संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा १७,७९३ बिरामी निको भए भने १७१ को मृत्यु भएको छ ।

यसका साथै उपचार गराइरहेका बिरामी अर्थात् एक्टिभ संक्रमितको आँकडा २ लाख ४९ हजार १ सय ९७ पुगेको छ । पछिल्लो २४ घण्टामा एक्टिभ संक्रमितमा १७,८६२ को वृद्धि भएको छ । नयाँ संक्रमितको आँकडा ५ डिसेम्बरपछि अर्थात् १०१ दिनमा सबैभन्दा धेरै हो । ५ डिसेम्बरमा ३६,०१० संक्रमित भेटिएका थिए ।

भारतमा हालसम्म कूल १ करोड १४ लाख ७४ हजार ३०२ जना यो महामारीको चपेटमा आइसकेका छन् । १ करोड १० लाख ६१ हजार १७० निको भएका छन् जबकी १ लाख ५९ हजार २५० मानिसहरुको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)