सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तान्जनियाका राष्ट्रपती मागुफुलीको निधन


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र ५, २०७७
  • 437
    SHARES

५ चैत्र,काठमाडौं । तान्जनियाका राष्ट्रपति जोन मागुफुलीको निधन भएको छ । ६१ वर्षका राष्ट्रपति जोनको निधन भएको उपराष्ट्रपतिले बताएकी हुन् ।

राष्ट्रपति जोनको बुधबार मुटु सम्बन्धी समस्याका कारण अस्पतालमा निधन भएको उपराष्ट्रपति सामिया सुलुहु हसनले टेलिभिजन सम्बोधन मार्फत बताएकी हुन् ।

मागुफुली पछिल्लो दुई हप्ता भन्दा लामो समयदेखि सार्वजनिक रुपमा देखिएका थिएनन् । उनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न हल्लाहरु फैलिएका थिए ।

गएको हप्ता विपक्षी दलका नेताहरुले मागुफुली कोरोना भाइरसबाट संक्रमित भएको बताएका थिए । तर यसको आधिकारिक पुष्टि भने भएको छैन।

मागुफुली कोरोना भाइरसलाई लिएर शंका व्यक्त गर्नेमा अफ्रिकाका प्रमुख व्यक्तिमा थिए । उनले कोरोना भाइरसबाट जोगिनका लागि प्राथर्ना गर्ने र आयुर्वेद औषधि खाए हुने बताउने गर्थे ।

उपराष्ट्रपति हसनले राष्ट्रपति मागुफुलीको निधनको जानकारी दिँदै १४ दिने राष्ट्रिय शोकको घोषणा गरेकी छन् ।

तान्जनियाको संविधान अनुसार हसनले नयाँ राष्ट्रपतिका रुपमा शपथ लिने छिन् । उनले मागुफुलीको कार्यकालको बाँकी समय राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्ने छिन् । मागुफुलीको पाँच वर्षे कार्यकाल गएको वर्ष सुरु भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)